भदौ १० गते टुँडिखेलमा प्रसंसा संरक्षण समूहले गौरा विशेष कार्यक्रम आयोजना गर्दै

काठमाडौँ- काठमाडौँको टुँडिखेलमा यही भदौ १० गते गौरा विशेष कार्यक्रम हुने भएको छ । प्रसंसा संरक्षण समूहले विगत २७ वर्षदेखि गर्दै आएको गौरा विशेष कार्यक्रम यस वर्ष पनि आयोजना गरिने सांस्कृतिक विभाग प्रमुख एवं निवर्तमान अध्यक्ष यज्ञराज उपाध्यायले बताए ।
कार्यक्रममा देउडा खेल, छलिया, पुतला, गौरा, ठको खेल, छलो, भुवोलगायत सांस्कृतिक प्रस्तुति रहने उपाध्याय जनाए ।
सांस्कृतिक कार्यक्रम र देउडा खेल बिहान ११ बजेबाट सुरु हुने उनको भनाइ छ । औपचारिक कार्यक्रम भने दिउँसो २:३० बाट सुरु हुने छ । उपाध्यायका अनुसार दिउँसो १:३० बजे भद्रकालीबाट सांस्कृतिक र्यालीसहितको टोली टुँडिखेल प्रवेश गर्ने छ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, कर्णाली र सुदूरपश्चिमका राजनीतिक दलका नेताका साथै कलाकारहरूको सहभागिता रहने उपाध्यायले जनाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि कार्यक्रमको निमन्त्रणा पठाइएको र आउनेबारे यकिन भइनसकेको जानकारी दिए ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया