शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

रेडियो मेलम्ची पुनः सञ्चालनका लागि सहयोग

काठमाडौँ : संरचना बस्ती सुधार समिति, तारकेश्वर नगरपालिका–६, काठमाडौँले रेडियो मेलम्ची पुनः सञ्चालनका लागि शुक्रबार रु. एक लाख १ हजार १ सय ११ सहयोग गरेको छ । यसैगरी नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिले रु. ५० हजार सहयोग हस्तान्तरण गरेको हो ।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो । नगरप्रमुख अर्यालले नगरपालिकाका बाढी प्रभावितका लागि हालसम्म गरिएको कामबारे जानकारी दिए । महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले संकटका बेला पनि सूचना प्रवाह गरिरहेको रेडियो मेलम्चीलाई पुनः स्थापना गर्न महासंघले सहयोग गर्ने वचन दिए ।