कुमारी बैंक र इसेवाबीच दुई लाखसम्म 'इजी लाेन'सुविधाका लागि सम्झौता

काठमाडौँ- कुमारी बैंकले इसेवाका ग्राहकलाई ऋण प्रदान गर्न सम्झौता गरेको छ । बैंकले इसेवाका ग्राहकलाई २ लाखसम्मको ऋण प्रदान गर्न सम्झौता गरेको हो ।
कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झट रहित क्षण भरमै रु. २ लाखसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्ने बैंकले जनाएको छ ।
पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र यो ‘इजि लोन’ सेवा उपलब्ध गराउने भनिएकोमा भविष्यमा चाँडै सम्पूर्ण प्रयोगकर्ताहरुको लागि उपलब्ध गराइने इसेवाले जनाएको छ । इसेवा मार्फत लिइने ‘इजि लोन’ सुविधामा लागुहुने थप सर्तहरु बारे इसेवाको वोबसाईट÷एप मार्फत जानकारी लिन सकिनेछ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

कुमारी बैंक र भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच सम्झौता

एनआईसी एशिया बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो हस्पिटलमा १० प्रतिशत छुट

नेपाल–डेन्मार्क सम्बन्ध विस्तारबारे सीएनआईका प्रतिनिधि र राजदूत तुलाधरबीच भेटव…
एनआईसी बैंकका ग्राहकलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

एशियन बैंकिङ एण्ड फाइनान्स अवार्ड्स २०२५ मा नबिल बैंकलाई दुई प्रतिष्ठित उपाधि

नेपाल–स्पेन सम्बन्ध विस्तारमा छलफल : सीएनआईका प्रतिनिधि र राजदूत नेपालबीच भेट…

प्रतिक्रिया