गम्भीर बिष्टको निर्देशनमा समीक्षााको 'के हेरेको टुलुटुल' गीत सार्वजनिक

काठमाडौँ - गायिका समीक्षा अधिकारीको नयाँ गीत 'के हेरेको टुलुटुलु' सार्वजनिक भएको छ । बुधबार समीक्षा अधिकारीको युट्युब च्यानलबाट गीतको सार्वजनिक भएको हो ।
नेत्र अर्यालले लेखेका शब्दमा संगीत संयोजन खेम सेन्चुरीले गरेका छन्। बासुरी वादनको जिम्मा रत्ना बीकेले सम्हालेका छन् भने कोरस भोकलमा बिन्दु बीसी र सुनिता लोहनीले योगदान दिएका छन्।
गीतमा नाजिर हुसेन, सलोन बस्नेत, आश्मा विश्वकर्मा र समीक्षाकाे नृत्य र अभिनय छ । उनीहरू सँगै नृत्य गरेको यो पहिलो म्युजिक भिडियो हाे ।
संगीत व्यवस्थापन, मिक्सिङ, र मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् । प्रिज्मा स्टुडियोमा रेकर्ड गरेकाे याे गीतमा रेकर्डिस्टको रुपमा गोविन्द अनेकले काम गरेका छन्।
यो म्युजिक भिडियोको निर्देशन गम्भीर विष्टले गरेका छन् । विष्ट पछिल्लो समय म्युजिक भिडियो निर्देशन गर्ने अब्बल निर्देशक मानिन्छन् । नृत्यमार्फत उनले गीतलाई जीवन्त बनाएको देख्न सकिन्छ ।
विष्टले 'नाचौँ नाचौँ', 'गोरखा नेपालमा', 'अरेली काँडैले मलाई च्वास्स' र 'बुट्टे रुमाल' जस्ता चर्चित भिडियोहरू निर्देशन गरेका छन् ।
भिडियोमा अतिथि कलाकार सुरेन्द्र बसेलले दर्शकलाई हँसाएका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया