नेप्सेमा सामान्य वृद्धि, १८ अर्बको कारोबार

काठमाडौँ - आज नेप्सेमा सामान्य वृद्धि भएको छ । बुधबार नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ बिन्दुमा कायम भएको हो ।
आज ३३७ कम्पनीको ४ करोड १४ करोड ५४ हजार ६११ कित्ता शेयर २ लाख १४ हजार ३ सय १९ पटक खरिदबिक्री हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ९९२ बराबरको कारोबार भएको छ ।
आज कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, रिलायन्स फाइनान्स लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ६६ करोड दुई लाख ३९ हजार बराबरको कारोबार भएको छ । कारोबार भएको शेयर सङ्ख्याका आधारमा भने कुमारी बैंक लिमिटेडको १२ लाख ९४ हजार १३० कित्ता शेयर किनबेच भएको छ ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया