पाकिस्तानी इतिहासमा पहिलो पटक गुप्तचर प्रमुख पक्राउ

काठमाडौँ - पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईका पूर्व प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमीद पक्राउ परेका छन ।
पाकिस्तानी सेनाले आवास घोटाला प्रकरणमा उनलाई अगस्त १२ मा पक्राउ गरेको जानकारी दिएको छ । पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि फैजविरुद्ध यो कारबाही गरिएको सेनाले जनाएको छ ।
पाकिस्तानी समाचार संस्थाका अनुसार सेनाले उनी माथि कोर्ट मार्सल सुरु गरेको छ । फैजलाई पूर्व प्रधानमन्त्री इमरान खानको नजिकका मानिदैँ आएको छ । पाकिस्तानको इतिहासमा आईएसआईका पूर्व प्रमुखलाई कुनै मुद्दामा पक्राउ गरिएको यो पहिलो पटक हो।
गत वर्ष नोभेम्बर १४ मा पाकिस्तानी सर्वोच्च अदालतले आफ्नो आदेशमा फैज हमीद विरुद्धको आरोपलाई नजरअन्दाज गर्न नसकिने बताएको थियो। यो आरोप निकै गम्भीर छ । अदालतले यदि फैज दोषी प्रमाणित भएमा यसले देशका संस्थाहरूको प्रतिष्ठालाई हानी पुग्ने बताएको थियो।
फैज हमीद पाकिस्तानी सेनाका सेवानिवृत्त लेफ्टिनेन्ट जनरल हुन्। उनले सन् २०१९ देखि २०२१ सम्म पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईको महानिर्देशकको रूपमा पनि काम गरेका थिए ।
फैजको जन्म पाकिस्तानको चकवालको लतीफल गाउँमा भएको थियो। हमिद सन् १९८७ मा पाकिस्तान मिलिटरी एकेडेमीमा भर्ना भएका थिए । उनले क्योटोको कमाण्ड र स्टाफ कलेजबाट स्नातक गरे। त्यसपछि उनी पाकिस्तानी सेनाको बलोच रेजिमेन्टमा कमीशन भएका थिए ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_6QMNtstKta_ovrtdqnkn8awyq3s8nwqft1f1e9a1qscblmslytzdyrkwwwkglx60jig5xra_pnCzJmV2es_eqebzwuzn9s3zyrmc3bjdnscb9rdfloqaewa8raosfqiowq35gdkw2kiharf.jpg)
पाकिस्तानमा बाढी र पहिरोको प्रकोपः ३२० को मृत्यु, हजारौँ प्रभावित

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
_A3MPdgTLYc_dmbmzel8xkkzo0neug4tgaducurlfxlavwdht8whn1kawzgenysyzex2mfys_5PP2uyktyv_tge1wkeeteiblre4anxb2hm4jovvhahkifaajsi9xsg4r25mhcmd8wd9c7ml.jpg)
अमेरिका–रूस शिखर बैठक: वार्ता सकारात्मक ,तर कुनै सम्झौता भएन

आज ट्रम्प-पुटिनबीच वार्ता, यस्तो छ सुरक्षा व्यवस्था

पेरुका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा जेल चलान, अहिलेसम्म पाँच पूर्वराष्ट्रप…

अलास्काको सैन्य अड्डामा हुनेछ ट्रम्प र पुटिन वार्ता

इरानको अडान यथावत रहेमा प्रतिबन्ध पुनः लागू गर्न समर्थन दिन इयू तयार

प्रतिक्रिया