विवाह परम्पराको कथामा ‘वर एण्ड वधु’

काठमाडौँ - विवाह संस्कृति र परम्परालाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको मिलन चाम्सद्वारा निर्देशित चलचित्र ‘वर एण्ड वधु’ प्रदर्शनको तयारीमा जुटेको छ । आगामी भदौ १४ गतेदेखि प्रदर्शन हुने उक्त चलचित्रमा विवाहको महत्व र परिवारसँग सम्बन्धका कथा प्रस्तुत गरिएको निर्देशक चाम्सले जानकारी दिए ।
'पछिल्लो समय विवाहलाई लिएर नयाँ पुस्तामा बनेको धारणा र परम्परा, पारिवारिक महत्वलाई फिल्मभित्र प्रस्तुत गरेको छु । साथै, प्रवासी नेपालीको जीवन र प्रेममा आउने उतारचढावलाई समावेश गरिएको छ । यसले बुवा र छोरा पुस्तालाई एक अर्कासँग नजिक बनाउँछ', निर्देशक चाम्सले भने ।
नेपाल र रोमानियामा छायांकन गरिएको चलचित्रमा नेपाल र प्रवासी नेपालीको विवाह सन्दर्भलाई देखाइएको छ । अभिनेत्री आँचल शर्माले यस चलचित्रमा आफूले चुलबुले तर आत्मविश्वासी युवतीको भूमिकामा अभिनय गरेको जानकारी दिए । चलचित्रमा आँचलको जोडीका रुपमा विवेक कर्मचार्यलाई देख्न सकिन्छ । अभिनेता कर्माचार्यले पात्रलाई जीवन्त बनाउन सक्दो मेहनत गरेको प्रतिक्रिया दिए ।
'पहिलो चलचित्रमा सबैको साथ लिएर काम गरेको छु । मैले हरेक दृश्यमा शत प्रतिशत मेहनत गरेको छु । यो मेरा लागि सिकाई पनि बनेको छ, अवसरका लागि कृतज्ञ छु', उनले भने ।
चलचित्रमा विजय लामा, गरिमा शर्मा, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, यमन श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । मिलन श्रेष्ठको सम्पादन, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको चलचित्रको कथा प्रदीप भारद्धाजले लेख्नुभएको हो । चलचित्रमा सुस्मिता वाईवाले नृत्य निर्देशन गरेका छन् ।

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_gxvaCgMZ9k_chtal1ii4xfcg0flnvqg4cqsokprihtf3cxxbn2lmbc6dnhcqzuqoqm7s84q.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

प्रतिक्रिया