पुनःनिर्माणमा खटिएका इञ्जिनीयरको आन्दोलन दोस्रो चरणमा
काठमाडौँ : असारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय पुनःनिर्माणमा खटिएका इञ्जिनीयर र सवइञ्जिनीयरले दोस्रो चरणको आन्दोलन थालेका छन् । पहिलो चरणमा यही असार १ गतेदेखि विद्यालय पुनःनिर्माणका काम रोकी विरोध शुरु गरेका इञ्जिनीयरले बिहीबारदेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, सचिव, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना निर्देशक र उपनिर्देशकलाई ३१ वटै जिल्लाका इञ्जिनीयरले माग सम्बोधनको माग गर्दै सन्देश पठाएका हुन् ।
शिक्षा मन्त्रालयमा विसं २०३६ देखि कार्यरत ३२० इञ्जिनीयरलाई २०७६ देखि प्राधिकरणअन्तर्गत विद्यालय पुनःनिर्माणमा खटाइएको थियो । असारपछि भूकम्प प्रभावित ३१ जिल्लाका लागि ११० इञ्जिनीयर र सव–इञ्जिनीयर राखी अरुलाई बिदा गर्ने निर्णय गरेपछि कर्मचारी आन्दोलनमा उत्रिएको सङ्घर्ष समितिका अध्यक्ष भैरव धितालले जानकारी दिए।
सबै कर्मचारीलाई पुनःस्थापनाको माग गर्दै प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) लाई पनि जानकारी गराएर असार १ गतेदेखि काम ठप्प गरिएको थियो । सबै जिल्लाका शिक्षा समन्वय एकाइमा कामबाट हटाइएका इञ्जिनीयर र सव–इञ्जिनीयरलाई दरबन्दीमा राख्नुपर्ने समितिको माग छ ।
गत जेठ २८ गते मन्त्री, आयोजना प्रमुख, जिल्ला आयोजना प्रमुखलगायतलाई जानकारी गराए पनि समस्या समाधानमा पहल नगरेकाले असार १ गतेदेखि एक साताका लागि सबै काम ठप्प पारिएकामा अझै माग सम्बोधन नभएकाले दोस्रो चरणको आन्दोलन थालिएको समितिका सचिव इन्द्रबहादुर रोकायाले जानकारी दिए । माग पूरा नभएसम्म सङ्घर्षका कार्यक्रम जारी रहने समितिले जनाएको छ । इञ्जिनीयरका माग सम्बोधन गर्न आजै प्राधिकरण निर्देशक समितिको बैठक बसेको जनाइएको छ ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया