श्रीलंकासँग भारतको लज्जास्पद हार, सिरिजमा श्रीलंका २-० ले विजयी

काठमाडौँ- श्रीलंकाले भारतसँगको जारी एकदिवसीय सिरिज जितेको छ । बुधबार सम्पन्न सिरिजको तेस्रो खेलमा भारतलाई ११० रनको फराकिलो अन्तरले पराजित गर्दै श्रीलंकाले सिरिज २-० ले जितेको हो ।
यस खेलमा श्रीलंकाले दिएको २४९ रनको लक्ष्य पछाएको भारतले २६.१ ओभरमा अल आउट हुँदै १३८ रन मात्र बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ३५ रन बनाए भने वाशिंटन सुन्दरले ३० र विराट कोहलीले २० रन बनाए ।
त्यस्तै भारतीय ब्याटिङ ध्वस्त गर्नेक्रममा श्रीलंकाका बलर दुनिथ वेल्लालागेले ५ विकेट लिए भने महीश तिक्क्षना र जेफ्री वान्दरसेले २-२ विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ७ विकेट गुमाउँदै २४८ रन बनाएको थियो । श्रीलंकाका लागि आभिस्का फेर्नान्डोले सर्वाधिक ९६ रन बनाए भने कुसल मेन्डिसले ५९ र पाथुम निसान्काले ४५ रन बनाएका थिए । त्यस्तै भारतीय बलर रियाँ परागले ३ विकेट लिएका थिए ।
यो जितपछि श्रीलंकाले ३ खेलको सिरिज २-० ले जितेको छ । सिरिजको पहिलो खेल टाई भएको थियो भने त्यसपछिका दुवै खेल श्रीलंकाले जितेको थियो ।

बंगलादेश 'ए'ले नेपाललाई जितका लागि दियो १८४ रनको लक्ष्य

टप एण्ड टी-२० सिरिज : नेपाल र नर्दर्न टेरिटोरी खेल्दै

एन्फा महिला लिग छनौट आज २ खेल हुँदै
आजदेखि एन्फा महिला लिग छनोट, पहिलो दिन चार टोली भिड्दै
पिएसजीले जित्यो युइएफए सुपर कपको उपाधि

टेबलटेनिसको ‘स्ट्याग ग्लोबल च्याम्पियन्स लिग’ आगामी भदौमा

बालाबाल जितिएका यी हुन् एसिया कप क्रिकेटका ५ रोमाञ्चकारी खेल

प्रतिक्रिया