समयको मागअनुसार संविधान संशाेधन हुन सक्ने - उपप्रधानमन्त्री सिंह
काठमाडौँ - उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले विधि र प्रक्रिया पूरा गरेर समयकाे मागअनुसार संविधान संशाेधन हुन सक्ने बताएका छन् । आज ललितपुरमा किरात राई यायाेक्खा ३७औं स्थापना दिवसकाे अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि उपप्रधानमन्त्री सिंहले यस्ताे बताएकी हुन् ।
उनले संविधान बनाएर मात्र नहुने भन्दै संविधानकाे कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जाेड दिएका छन्।
`हामीले संविधानसभाबाट जनताले चुनेका प्रतिनिधिबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्याै । अब संविधानकाे कार्यान्वयनमा ध्यान दिन जरुरी छ ,´ उपप्रधानमन्त्री सिंहले भने । उनले समयकाे माग र जनचाहना बमोजिम संविधानकाे संशाेधन गर्न सकिने व्यवस्था संविधानले नै गरेकाे भन्दै त्यसका लागि निश्चित विधि र प्रक्रिया पूरा गर्नुपर्ने भन्दै संविधानकाे मर्म पनि बुझ्नुपर्ने बताए ।
समाजमा रहेकाे द्वन्द्व मेटिने र सबैकाे पहिचान भेटिने अवस्था बनाउनुपर्नेमा सबैकाे ध्यान जानुपर्नेमा उनले जाेड दिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया