भारतमाथि श्रीलंकाको शानदार जित

काठमाडौँ- श्रीलंकाले जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा भारतलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा श्रीलंकाले भारतलाई ३२ रनले पराजित गरेको हो । श्रीलंकाले दिएको २४१ रनको लक्ष्य पछ्याएको भारतले ४२.२ ओभरमा अल आउट हुँदै २०८ रन मात्र बनाएको थियो ।
भारतको लागि कप्तान रोहित शर्माले सर्वाधिक ६४ रन बनाए भने अक्सर पटेलले ४४ र शुभमन गिलले ३५ रन बनाएका थिए । भारतलाई अल आउट गर्ने क्रममा श्रीलंकाका बलर जेफ्री जेफ्री वान्डरसेले सर्बाधिक ६ र चरिथ असलंकाले ४ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाउँदै २४० रन बनाएको थियो । श्रीलंकाका लागि आभिस्का फर्नान्डो र कमिन्दु मेन्डिसले ४०-४० रन बनाएका थिए भने दुनिथ वेल्लालागेले ३९, कुसल मेन्डिसले ३० र चरिथ असलंकाले २५ रन बनाएका थिए ।
त्यस्तै भारतका बलर वाशिंटन सुन्दरले ३ र कुलदीप यादवले २ विकेट लिएका थिए ।
यो जितपछि ३ खेलको सिरिजमा श्रीलंका १-० ले अगाडि भएको छ । यस अघि खेलिएको सिरिजको पहिलो खेल टाइ भएको थियो । अब सिरिजको अन्तिम खेल बुधबार खेलिँदै छ ।

आरआरए क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरू हुँदै,१५ छात्र टिमको सहभागिता रहने

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_Rh2ZHCOLS0_2wiqfbmwtvltshbsnwy3u8e2sso1seh49i40zd4mato6yip69gyg0jqeslv8.jpeg)
प्रतिक्रिया