आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

जनगुनासोलाई तत्काल सुन्‍न कर्मचारीलाई मन्त्री भट्टराईको आग्रह

गण्डकी- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सार्वजनिक सेवा प्रवाहका क्रममा आउने जनगुनासोलाई तत्काल सुन्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेकी छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीको संयोजनमा आज जिल्लास्थित कार्यालयका प्रमुखहरूसँगको भेट तथा अन्तरक्रियामा मन्त्री भट्टराईले जनगुनासोलाई तत्काल सुन्दै त्यसको समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताइन् । जनगुनासो एवं समस्यालाई तत्काल सुनिदिने अभ्यासले सेवाग्राहीमा राज्य एवं सरकारप्रतिको आशा विश्वास बढाउने उल्लेख गर्दै उनले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिइन् ।

सरकारी काम कारबाहीमा पारदर्शिता अपरिहार्य भएको उल्लेख गर्दै मन्त्री भट्टराईले त्यसले हरेक काममा सहजता ल्याउने धारणा राखिन् । सरकारी जागिरलाई केवल व्यक्तिगत सुविधाको रूपमा भन्दा पनि यसलाई जनताको सेवा प्रवाहसँग जोड्नु आवश्यक हुने उनको भनाइ थियो ।

शिक्षा क्षेत्र समाजको हरेक क्षेत्रसँग जोडिने र यसलाई समयानुकूल र व्यवस्थित बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको मन्त्री भट्टराईले बताइन् । विद्यमान ऐन नियमलाई समय सापेक्ष बनाउँदै अघि बढ्नु आवश्यक रहेको उनको भनाइ थियो । विद्यार्थीको ज्ञानलाई हाम्रो प्रणालीसँग जोड्नु आवश्यक भएको उल्लेख गर्दै मन्त्री भट्टराईले शिक्षा क्षेत्रको समग्र विकासका लागि योजनाबद्ध रूपमा अघि बढ्ने बताइन् ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्लाको समग्र अवस्थाबारे मन्त्री भट्टराईलाई जानकारी गराएका थिए । कार्यक्रममा जिल्लास्थित कार्यालयका प्रमुखहरूले भइरहेको सेवाप्रवाह एवं आइपरेका समस्यालगायत विषयमा मन्त्री भट्टराईको ध्यानाकर्षण गराएका थिए ।

यी हुन् ओलीले सरकारले समेटेका नीति तथा कार्यक्रमका नयाँ कुरा (सूचीसहित)

यी हुन् ओलीले सरकारले समेटेका नीति तथा कार्यक्रमका नयाँ कुरा (सूचीसहित)

कुनै पनि जेठ १५ मा प्रतिगामी सपना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

कुनै पनि जेठ १५ मा प्रतिगामी सपना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

पुर्ववती सरकारले ल्याएको राम्रा कार्यक्रमलाई निरन्तरता दिएका छौंः प्रधानमन्त्री ओली

पुर्ववती सरकारले ल्याएको राम्रा कार्यक्रमलाई निरन्तरता दिएका छौंः प्रधानमन्त्री ओ…

सरकारको नीति तथा कार्यक्रममाथि प्रभु साहको टीप्पणीः डाइबिटिजका बिरामीलाई मिठाई खुवाए जस्तो

सरकारको नीति तथा कार्यक्रममाथि प्रभु साहको टीप्पणीः डाइबिटिजका बिरामीलाई मिठ…

कुलिङ पिरियडको अवधि र सेवाको उमेर हदमा देखिएको मतान्तरलाई सहमतिबाट टुंग्याउछौंः गृहमन्त्री लेखक

कुलिङ पिरियडको अवधि र सेवाको उमेर हदमा देखिएको मतान्तरलाई सहमतिबाट टुंग्या…

वैदेशिक रोजगारीमा रहेका नागरिकको हक, हितका लागि सरकारले काम गर्न सकेनः प्रमुख सचेतक शाही

वैदेशिक रोजगारीमा रहेका नागरिकको हक, हितका लागि सरकारले काम गर्न सकेनः प्र…

निजामति विधेयकलाई समितिको आगामी बैठकबाट संसदमा पेश गर्नेगरी तयारी गरौँः सभापति खतिवडा

निजामति विधेयकलाई समितिको आगामी बैठकबाट संसदमा पेश गर्नेगरी तयारी गरौँः स…

रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैनः अर्थमन्त्री पौडेल

रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैनः अर्थमन्त्री पौडेल