आर्थिक परिवर्तनका लागि कांग्रेस-एमालेको सरकार : उपप्रधानमन्त्री सिंह

काठमाडौँ- उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायीत्वको जगमा आर्थिक परिवर्तनका लागि संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको बताएका छन् । शनिबार नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर १ ले आयोजना गरेका बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
यसअघि छिटोछिटो सरकार परिवर्तन हुँदा अस्थीरता भएको भन्दै राजनीतिक स्थीरताका लागि अहिलेको गठबन्धन बनेको उनको भनाई थियो । 'राजनीतिक स्थायित्व र स्थीरताको जगमा आर्थिक परिवर्तन, सामाजिक परिवर्तन गर्नेदेखि सबै कुरालाई यावत रूपमा कार्यान्वयन गर्नका लागि यो सरकार गठन भएको छ' उपप्रधानमन्त्री सिंहले भने 'जिम्मेवारी ठूलो छ । त्यसमा तपाईंहरूले साथ सल्लाह अनवरत रूपमा दिनुहुनेछ भन्ने विश्वास छ ।'
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर १ ले आफ्नो क्षेत्रबाट निर्वाचित भएर उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री बनेका प्रकाशमान सिंह र प्रदेश सांसद सुरजचन्द्र लामिछाने बागमती प्रदेशको आन्तरिक मामिला मन्त्री बनेकोमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो ।

प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले भनेः दाह्री काटेर जुत्ता लगाउँछु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट

धनगढीमाईमा खानेपानी आयोजना सम्पन्न

‘फास्ट ट्रयाक’ बाट कमला नदीमा नयाँ पुल निर्माण गर्छौँ : मन्त्री दाहाल

श्रम बजारको माग बमोजिम जनशक्ति तयार गर्नु पर्नेमा जोड गरौंः श्रममन्त्री भण्डारी

परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

सञ्चारमन्त्री गुरुङसँग युनेस्कोका नेपाल प्रतिनिधिको शिष्टाचार भेट

प्रतिक्रिया