'मेस्सी मात्र होइन, रोनाल्डो, मौउरिन्हो र क्लप पनि ला लिगामा हुनुपर्छ'

लियोनल मेस्सीको बार्सिलोनासँगको सम्झौता जारी सिजनको अन्त्यमा सकिदैछ । युरोपियन प्रेसमा मेस्सीको भविष्यका बारेमा अड्कलबाजी चल्दै गर्दा स्पेनिस लिग ला लिगाका अध्यक्ष हाभियर टेबासले मेस्सी स्पेनमै बसेको हेर्न चाहेको बताएका छन् ।
टेबासले, मेस्सीलाई स्पेनमा राख्ने मात्र होइन, क्रिस्टियानो रोनाल्डो, जोसे मौउरिन्हो र र्योगन क्लप जस्ता खेलाडी तथा प्रशिक्षकहरू पनि ला लिगामा हुनुपर्ने भनाई राखे । विश्व फुटबल समिटमा भाग लिन पुगेका टेबासलाई मेस्सीको भविष्यबारेमा सोधिएको थियो । ‘मेस्सी मात्र होइन, रोनाल्डो, मौउरिन्हो र क्लप जस्ता ‘स्टार’ हरू पनि ला लिगामा हुनुपर्छ । यस्ता स्थापित नामहरुको सहयोगले मात्र लिगको लोकप्रियता बढ्छ । र साथै प्रतियोगिता थप बलियो हुन्छ,’ टेबासले भने ।
बार्सिलोनाको प्रख्यात एकेडेमी ला-मासियाका उत्पादन मेस्सीले केही महिना अघि मात्र क्लब छाड्ने इच्छा सार्वजानिक गरेका थिए । मेस्सीले क्याटलन क्लबलाई १० ला लिगा र चार च्याम्पियन्स लिगसहित ३४ उपाधी जित्नमा मद्धत गरेका छन् । ला लिगाको जारी सिजनमा १३ औं स्थानमा रहेको बार्सिलोनाका लागि मेस्सीले तीन गोल गरेका छन् ।

चिनियाँ प्रशिक्षक नेपालमा

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

प्रतिक्रिया