शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

विश्‍वका प्रसिद्ध पाँच वाइन रुटहरू

विश्‍वका विभिन्‍न देशका केही सहर ‘वाइन मार्केट’को ‘हब’ बनेका छन् । त्यहाँ ठूल-ठूला र लामा ‘वाइन रुट’ पनि छन् । जहाँ घुम्दै पर्यटकले थरीथरीका वाइनको स्वाद लिन पाउँछन् । त्यस्तै पर्यटकहरूले त्यहाँको रैथाने ‘वाइन’ बनाउनेहरूलाई भेटेर उक्त क्षेत्र र ‘वाइन’को इतिहाससँगै संस्कृति, सम्पदासँग परिचित हुने अवसर पाउँछन् । कोभिड-१९ महामारीले प्रभावित पारेको विश्‍वका ‘वाइन टुरिजम’ले अहिले फेरि बिस्तारै गति लिँदैछ ।   

जर्मनीको राइनल्यान्ड-पालाटिनेटको वाइन रुट 
वर्षको कुनै पनि समय यो वाइन रुटमा भ्रमण गर्न सकिन्छ । विश्‍वको पुरानो वाइन टुरिजम रुट ८५ किलोमिटर लामो क्षेत्रमा फैलिएको छ । राइनल्याण्ड-पालाटिनेटको समुद्री क्षेत्रबाट सुरु भएको अंगुर बगैँचा बोकनहेमको स्वेइगेन, रेचेनब्याचसम्म फैलिएको छ । पालाटिनेटको झन्डै २३ हजार हेक्टरमा फैलिएको यो रुटलाई स्थानीयहरू ‘फाल्ज’ भन्छन् । जुन जर्मनीको दोस्रो ठूलो वाइन उत्पादन हुने क्षेत्र हो । 

यहाँ ४ हजार वाइन उत्पादकहरू छन् । अधिकांशले पारिवारिक व्यवसायलाई निरन्तरता दिएका छन् । विशेष तरिकाले बन्‍ने यो वाइन लामो समयदेखि प्रख्यात भएको छ । जर्मनीको यो रमणीय गाउँले वर्षौँ पुरानो सम्पदा, बास्तुकला र परम्परा पनि जोगाएको छ ।

यो वाइन रुटमै लामो हाइकिङ ट्रेल पनि रहेको छ । १७२ किलोमिटर लामो यो ट्रेल वाइनरुट भन्दा पनि लामो छ । वाइन पसलमा धेरै समय नविताउने हो भने तपाईंलाई यो ट्रेल पार गर्न ११ दिन लाग्‍नेछ । 

क्रोमवेल, ओटागो न्युजिल्यान्ड
क्रोमवेल, ओटागो सहर १९ औं शताब्दीमा बसेको थियो । यहाँ यहाँ सुन पाइए पछि योसहर बसेको थियो । सुन सकिएपछि यहाँको मलिलो माटोमा फलफुल र अंगुर उत्पादन गरिन थालिएको हो ।

ओटागो र क्रोमवेलमा ‘फाइन वाइन’ बनाउँछन् । मानिसहरूले यहाँ वाइन मात्रै नभई यहाँ हाइकिङ, माउन्टेन बाइकिङ र माछा मार्न पाउँछन् । क्रोमवेलले कलाकारहरूलाई सहयोग पनि गर्ने गरेको छ । त्यहाँका ग्यालरी र म्युजियमहरूले स्थानीय र पर्यटकहरूको कला र शिल्पलाई प्रोत्साहन गर्छन् । 

लाभो भाइनयार्ड टेरेस, स्वीट्जरल्याण्ड
सुन्दर जेनेभा तालको किनारमा रहेको लाभो रमणीय क्षेत्र हो । स्वीट्जरल्याण्डको यो लाभो भाइनयार्डलाई युनेस्कोले विश्‍वसम्पदामा सूचीकृत गरेको छ । यहाँ ११ औं शताब्दीदेखि नै भिक्षुहरूले अँगुर खेती गर्दथे । संगीतकार प्रिन्सले उनको एल्बम ‘ट्वान्टीटेन’ मा उनीहरूको बारेमा उल्लेख गरेका छन् ।

यहाँको दृश्यहरूमात्रै राम्रो छैन, हाइकिङ ट्रेल पनि प्रसिद्ध छ । यहाँका स्वीस गाउँहरूमा थुप्रै वाइन विक्रेताहरू छन् भने स्थानीय वाइनहरू विक्रिवितरण गर्ने अनुमति पनि दिइएको छ । यहाँ ‘लाभो-पानोरामिक’ रेल पनि छ, त्यसले आगन्तुकलाई रमणीय क्षेत्रमा घुमाइदिन्छ । 

केपटाउन, दक्षिण अफ्रिका 
सत्रौँ शताब्दी देखि दक्षिण अफ्रिकाको केपटाउनमा अँगुर उत्पादन हुन थालेको हो । यहाँ  पृष्ठभूमिमा पर्वत श्रृङ्खला राखेर वाइन खान पाइन्छ । यहाँ होटलहरूमा बोतलका वाइनहरू पनि सस्तो मूल्यमा नै पाइन्छ । आगन्तुकहरूले यहाँका अंगुर बगैँचा घुम्न सक्छन् भने वाइन बनाउनेहरूसँग भेटेर स्थानीय रेस्टुरेन्टमा डिनर पनि गर्न सक्छन् । 

यारा भ्याली, अष्ट्रेलिया 
मेलबर्नबाट एकघण्टाको दुरीमै ठूलो अंगुर बगैँचा पुग्‍न सकिन्छ । दशौँ वाइन पसलहरू हप्ताको सातै दिन खुल्छन् । साथै उनीहरू वाइन चाख्‍नको लागि पर्यटकलाई निम्तो पनि दिन्छन् । मेलबर्नबाट सजिलै पुग्‍न सकिन्छ । त्यस्तै यहाँ ठूला होटलहरू पनि छन्, जहाँ वाइन टेस्ट गरेपछि बस्‍न सकिन्छ । (एजेन्सीहरूको सहयोगमा)