'हुन्डाई फेस्टिभ डिलाइट २०८०' अफरका विजेतालाई पुरस्कार हस्तान्तरण

काठमाडौँ- हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको 'हुन्डाई फेस्टिभ डिलाइट २०८०' का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।
उक्त अफरका विजेता सुनसरीका इन्द्रप्रसाद गुरागाइँ, कुपन नम्बर ५३ लाई लक्ष्मी हुन्डाईका बिक्री प्रतिनिधिले हुन्डाई Exter, नक्सालस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका हुन् ।
उक्त अफर अन्तर्गत हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरूले ६ लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षका लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्र्याच कार्डमार्फत थप एक लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्की ड्र मार्फत एक जना विजेतालाई हुन्डाई Exter जित्ने मौका थियो ।
यस अफरको विजेता घोषणा हुन्डाई नेपालको Facebook बाट लक्की ड्र मार्फत २०८१ असार ३१ गते, ११ बजे गरेको थियो ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरूको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको कम्पनीको भनाइ छ ।

शशीला मोटर्सले सुर्खेतमा हस्तान्तरण गर्यो १९ वटा गाडी

बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड G7 अब नेपालमा डेब्यु गर्न तयार

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर : ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाक…

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि

पोखरामा 'यामाहा ब्लू फेस्ट २०८२' को सुरुवात : असार ६ गतेसम्म चल्ने

सीजी मोटर्स हिरोद्वारा पोखरामा ‘एक्सट्रयाक’, अफ–रोड ट्रयाक राइडिङ्गको अद्भुत अन…

दिपलले पार गर्यो पाँच लाख युनिट डेलिभरीको कोशेढुंगा

प्रतिक्रिया