आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

निवर्तमान भएको दुई घण्टासम्म रघुवीर परराष्ट्रमै

जाँदाजाँदै उनले भने : यात्रा छोटो भए पनि यादगार रह्यो

काठमाडौँ : कामचलाउ सरकारको विस्तारित मन्त्रिपरिषद्‌मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रहेका रघुवीर महासेठ पदमुक्त हुँदै गर्दा इजरायलका राजदूत हनान गोडेरसँग छलफलमा थिए । सर्वोच्च अदालतले उनीलगायतका मन्त्रीहरूलाई पदमुक्त गर्ने आदेश दिँदा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको हैसियतमा राजदूत गोडेरसँग रहेकाले खासै केही जानकारी पाएनन् । भेटमा सामान्यत मोवाइल लगिन्‍न ।

त्यसैले हाेला, राजदूतले उनलाई भेट्दा उनी बहालवाला मन्त्री थिए । भेट सकिँदा निवर्तमान भइसकेका थिए । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भएपछि उनलाई भारत, चीन, कतार, स्वीटजरल्याण्ड, उत्तर-कोरियाका राजदूतले भेट्न चाहिँ भ्याए । 

सबैभन्दा पहिले उनलाई भारतीय राजदूत विनयमोहन क्‍वात्राले भेटेका थिए । उनले भेटेको भोलिपल्ट नै पाकिस्तान र दुई दिनपछि चीनका राजदूतले भेटेका  थिए । अन्य राजदूतको पनि भेटघाटको सूची लामै थियो । तर उनलाई भेट्न नै परेन । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको हैसियतमा पछिल्लो भेट गर्ने गोडेर नै भए ।

उनी परराष्ट्र मन्त्रालयमा आएपछि सबैजसो महाशाखाको ब्रिफिङ लिएका थिए । ब्रिफिङपछि उनले आफ्नो सुझाव भने दिन पाएका थिएनन् । उनले विभिन्‍न मुलुकमा रहेका नेपाली राजदूत र कार्यवाहक राजदूतसँग तीन खेप गरेर जुममार्फत छलफल गरे । ३० दूतावास, ३ स्थायी नियोग र ७ महावाणिज्य दूतावासका प्रमुखसँग उनले भर्चुअल छलफल गरेका थिए ।

अन्तरक्रियामार्फत केही सुने र केही बुझेका विषय सुझाउनसम्म भ्याए । तर उनले स्पष्ट आफ्नो कुरा राख्‍न सकेका थिएनन् । उनी आफूसँग कूटनीतिबारे खासै जानकारी नभएको र ‘यहाँहरूबाट सिक्दै यहाँहरूसँगै सहकार्य गरेर अघि बढ्ने’ धारणा व्यक्त गर्थे ।

उनी निर्देशन दिएर काम गराउन त के आफूले कूटनीतिको ‘कखरा’ सिक्न नपाउँदै बिदा भए । यद्यपि परराष्ट्र मन्त्रालयको वेबसाइटबाट यो समाचार तयार गर्दासम्म उनको नाम हटेको भने छैन । हुन पनि अदालतको आदेश जे आए पनि गाडी र सुविधा अहिल्यै नछोड्नू भनेर प्रधानमन्त्रीले भनेको हुँदा मन्त्रालयले हटाइहाल्ने आँट नगरेको हुनसक्छ ।

अन्य मन्त्रीहरू अदालतको आदेशपछि हतार-हतार बालुवाटार पुगे पनि उनी ढिला गरी पुगेका थिए । त्यसको कारण उनलाई हतारो नभएको होइन, उनी पनि हतारिएका थिए । तारन्तार फोनमा व्यस्त थिए । उनका लागि खोप पनि उत्तिकै महत्वपूर्ण थियो । त्यसलै उनलाई पाँच बजेसम्ममा खोप लगाउन स्वास्थ्यकर्मी आइपुग्‍ने हुनाले त्यति समय मन्त्रालयमै फोनमा नै गफिएर बिताए । खोपका कारण उनी पाँच बजेसम्म मन्त्रालयमा रहन बाध्य भए ।

उनले पहिलो डोज भेरोसेल लगाएको तर दोस्रो डोज लगाउन बाँकी रहेको बताएपछि परराष्ट्रका अधिकारीले मन्त्रालयमा नै खोप लगाउने मेसो मिलाएका थिए ।  यस्तो चाँजाे जुराउन परराष्ट्र अधिकारी माहिर नै हुन्छन् । परराष्ट्रलाई के थाहा र उनको कार्यकाल १९ दिनमा नै सकिन्छ भनेर ? त्यस्तो थाहा पाएका भए सायद खोपको त्यो तारतत्म्य नै जुर्दैन थियो कि ! उनी त्यसमा नै परेर ढिला गरी बालुवाटार पुगेका थिए । यद्यपि उनी त्यहाँ पुग्दा अदालतको विषयमा नै छलफल चलिरहेको थियो ।

उनलाई मन्त्रालयका कर्मचारीले अस्पताल नपठाइकन त्यही खोप लगाउने व्यवस्था मिलाएका कारण ढिला भएको भए पनि उनले भेटघाटको कारण ढिला भएको सुनाउँदै थिए । निवर्तमान भएपछि खोपका लागि पर्खे तर अन्य भेटघाट भने गरेनन् । सचिव-सहसचिवहरूसँग पनि खासै कुराकानी गरेनन् । उनको औपचारिक बिदाइ भनेर पनि राखिएन । सचिव भरतराज पौड्यालसँग बिदा भएर उनी फर्के ।

‘म प्रधानमन्त्रीसँग छलफल गरेर के गर्ने टुंगोमा पुग्छु,’ उनले जाने बेलामा त्यहाँ उपस्थित अधिकारीहरूलाई भनेका थिए, ‘अदालतको आदेश मान्‍नुपर्छ तर के रहेछ, त्यो बुझेर खबर गर्नेछु ।’ उनले त्यसो भन्दाभन्दै अर्को वाक्य पनि फुत्काएको एक अधिकारीले सुनाए, ‘यात्रा छोटो भए पनि यादगार रह्यो । यहाँहरूसँग सिक्दै थिएँ तर जान पर्‍यो । आशा गरौँ, फेरि भेट हुन्छ होला ।’

उनलाई भेट्न पूर्वमन्त्रीदेखि सांसदहरूको लाइन थियो । उनीहरू पालो पार्खिरहेका थिए । इजरायली राजदूत गोडेरसँग छलफल लामो भएकाले उनीहरू बाहिर पालो पर्खन बाध्य भएका थिए । भेट सकिँदा आदेश नै आएकाले कतिपय भेट्न आएकाहरू नभेटी फर्केका थिए । कतिपय भने मन्त्री बाहिर निस्केपछि सान्त्वना दिन बसेको परराष्ट्र अधिकारीले बताए । 

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता