मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

फाइल फोटो

काठमाडौँ - आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आइतबार सुन तोलाको एक हजारले बढेर एक लाख ४५ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४४ हजार ७ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १० रुपैयाँ बढेर तोलाको १७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।