शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

यामाहा नेपालले ल्यायो ‘ब्लु स्ट्रिक्स’

काठमाडौँ- यही साउन १० गते यामाहा नेपालले यामाहा ब्लू स्क्वायर, नक्सालमा आफ्नो बहुप्रतिक्षित 'ब्लु स्ट्रिक्स' पहल सुरु गर्ने घोषणा गरेको छ । यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलहरूबीच बलियो सम्बन्ध सिर्जना गर्न डिजाइन गरिएको 'ब्लू स्ट्रिक्स' एक रोमाञ्चक र नवीन कार्यक्रम भएको यामाहाले जनाएको छ । यसले एउटा सशक्त यामाहा परिवार सिर्जना गर्ने यामाहाको भनाइ छ ।

यामाहाले भनेको छ, 'यामाहा केवल मोटरसाइकल निर्माता मात्र नभएर सवारहरूका लागि अविस्मरणीय अनुभवहरूको निर्माता पनि हो । 'ब्लु स्ट्रिक्स' यामाहाको आफ्ना ग्राहकहरूसँग गहिरो सम्बन्ध विकास गर्न र भविष्यमा "म्यान-मेसिन" अन्तरक्रियालाई थप आकर्षक र रोमाञ्चक अनुभव बनाउने प्रतिबद्धताको एक हिस्सा हो ।'

'ब्लु स्ट्रिक्स' कार्यक्रममा सामेल भएर यामाहा मालिकहरूले यामाहा समुदायसँग संलग्न भई विभिन्न फाइदा र अवसरहरू प्राप्त गर्ने छन् । विशेष कार्यक्रमका अवसर र सवारीहरूदेखि लिएर भविष्यमा आउने विशेष प्रमोशन र छुटहरूसम्म प्रदान गरी 'ब्लु स्ट्रिक्स' ले यामाहा मालिकहरूका लागि थप निकटता र रमाइलो अनुभव सिर्जना गर्ने लक्ष्य यामाहाले राखेको छ ।

'ब्लु स्ट्रिक्स' को सुरुवात यामाहाका लागि महत्वपूर्ण कोसेढुङ्गा हो,' एमएडब्लु राइडर्सको सि. एम. व.पुनम सिंहले भने, 'हामी सम्पूर्ण यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र उनीहरूसँग बलियो सम्बन्ध बनाउन पाउँदा हर्षित छौं । हाम्रो लक्ष्य भनेको मोटरसाइकल र खुला सडकप्रति आफ्नो प्रेम बाँड्न सक्ने भावुक र जिम्मेवार यामाहा मालिकहरूको समुदाय सिर्जना गर्नु हो ।'

बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्सलगायत समग्र गाडीमा थपियो वारेन्टी

बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्सलगायत समग्र गाडीमा थपियो वारेन्टी

बहुप्रतीक्षित 'यामाहा ब्लु फेस्ट' भोलिदेखि भृकुटीमण्डपमा आयोजना हुँदै

बहुप्रतीक्षित 'यामाहा ब्लु फेस्ट' भोलिदेखि भृकुटीमण्डपमा आयोजना हुँदै

एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्मानित

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्…

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

बजारमा हुन्डाईको क्रेटा ईभी र मेड इन नेफाल क्रेटा आईसीईको मूल्य कति पर्छ ?

बजारमा हुन्डाईको क्रेटा ईभी र मेड इन नेफाल क्रेटा आईसीईको मूल्य कति पर्छ ?