प्रधानमन्त्रीबाट महाकाली करिडोरबारे सदनलाई जानकारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली करिडोर आयोजनाअन्तर्गतको तुषारपानी–कोटेघर–टिङ्कर खण्डबारे सदनलाई जानकारी गराएका छन् । सो खण्डको ८० प्रतिशत कडा चट्टान रहेको र विस्फोटक पदार्थको व्यवस्थापनको सहजता भई निर्माण कार्यमा कम समय लाग्ने तथा कार्यप्रगति छिटो हुने उद्देश्यका साथ नेपाली सेनाले काम गरिरहेको उनले जानकारी दिए ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तरको क्रममा छुट्टै बजेट शीर्षकको सन्दर्भमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय (नेपाली सेना) बाट कार्यान्वयन भइरहेको तराई–मधेश द्रुतमार्गबाहेक अन्य कुनै पनि नेपाली सेनाले निर्माण गर्ने सडकमा छुट्टै बजेट उप–शीर्षक कायम भएको अवस्था नरहेको स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले भने, 'बजेट अभावका कारण कार्य प्रगतिमा कुनै कमी हुन नदिन नेपाली सेनाबाट माग भएबमोजिम नै विगतमा पनि बजेट व्यवस्थापन भइरहेको तथा भविष्यमा समेत बजेट कमी हुन नदिने विश्वास दिलाउन चाहन्छु ।' उनले सङ्घको कार्यक्षेत्र रहेका सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा सिँचाइ र नदी नियन्त्रणका कार्यहरू प्रभावकारी रूपले सम्पादन गर्न दार्चुलाबाट बैतडीको पाटनमा कार्यालय स्थानान्तरण गरिएको जानकारी दिए ।
तटबन्ध निर्माण कार्यान्वयन एवं आवश्यक अनुगमन गर्न सम्पर्क कार्यालय र केही प्राविधिक दार्चुलामा पनि राखिएको उल्लेख गर्दै उनले बैतडीस्थित कार्यालयले पनि यससम्बन्धी कार्य गर्ने सदनलाई जानकारी गराए ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया