मुलुक र जनताको चाहनाअनुसार संविधान संशोधन गर्नुपर्छ : सांसद महतो

काठमाडौँ- जनता समाजवादी पार्टीका नेता तथा सांसद वीरेन्द्रप्रसाद महतोले मुलुकमा भ्रष्टाचार र अनियमितताले जरो गाडेको र जनताले सहज रूपमा सेवा नपाउने अवस्था रहेकाले त्यसमा तत्काल सुधार जरुरी रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमा माग लिँदै महतोले भ्रष्टाचारको जरो चौतर्फी रूपमा फैलिइरहेकाले त्यसलाई नियन्त्रणका लागि सबै राजनीतिक दल एक भएर अगाडि बढ्नुपर्ने बताए ।
उनले पार्टी र आफ्नो स्वार्थभन्दा माथि उठेर मुलुकको समस्या समाधानका लागि सबै पक्षको साझा सहमतिमा जोड दिए । मुलुक र जनताको चाहनाअनुसार संविधान संशोधन गर्नुपर्नेमा भन्दै उनले प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा राखेको विचारको पक्षमा रहेको धारणा राखे ।
सांसद महतोले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने जानकारी दिँदै जनतालाई चाहिने न्यूनतम् आवश्यकता सम्बोधन गर्न सरकार कटिबद्ध हुने विश्वास व्यक्त गरे । सरकारले राम्रो काम गर्नेमा आफू र आफ्नो पार्टी आशावादी रहेको पनि नेता महतोले उल्लेख गरे ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया