माइक्रोसफ्टले भन्यो - संसारभरका ८५ लाख कम्प्युटरले काम गर्न छाड्यो

काठमाडौँ - सफ्टवेयर कम्पनी माइक्रोसफ्टले शुक्रबार आईटी सेवामा आएको अवरोधका कारण विश्वभरका ८५ लाख कम्प्युटरले काम गर्न छाडेको जनाएको छ ।साइबर सेक्युरिटी सफ्टवेयर क्राउडस्ट्राइकको अपडेट पछि आएको यस त्रुटिको बारेमा अहिलेसम्म कुनै तथ्यांक सार्वजनिक गरिएको छैन।
यो घटनालाई साइबर इतिहासकै सबैभन्दा नराम्रो घटना भनिएको छ ।
माइक्रोसफ्टले आफ्ना प्रयोगकर्ताहरूलाई यसबाट बाहिर निकाल्न मद्दत गरिरहेको छ।
कम्पनीले एक ब्लग पोष्टमा भनेको छ, 'हामीले हाल ८५ लाख विन्डोज उपकरणहरू क्राउडस्ट्राइक अपडेटबाट प्रभावित भएको अनुमान गरेका छौं।'
यस पोस्टमा, कम्पनीका उपाध्यक्ष डेभिड वेस्टनले भनेका छन् कि यो संख्या विश्वभरका विन्डोज मेसिनको एक प्रतिशत भन्दा कम छ।

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

प्रतिक्रिया