लुम्बिनीका मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने

बुटवल- लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन् ।
प्रदेश सभाको आइतबार १ बजे बस्ने बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ ।
केन्द्रमा कांग्रेस-एमालेको नयाँ गठबन्धन बनेपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेले समर्थन फिर्ता लिँदै पाँच मन्त्रीले गत असार २० गते नै राजीनामा दिएका थिए ।
गत चैत्र २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका महरालाई त्यति बेला एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाले समर्थन गरेका थिए ।
एमालेले समर्थन फिर्ता लिनासाथ अहिले महरा अल्पमतमा परेका छन् । कांग्रेस-एमालेबीच भएको सहमति अनुसार लुम्बिनीमा सरकारको नेतृत्व एमालेले गर्ने भएको छ ।
८७ सदस्यीय लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद रहेका छन् भने दुई दलका कुल ५६ सांसद रहेकाले स्पष्ट बहुमत रहेको छ ।

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_V9UglwJnQp_41fkmlxe4qkiciwqnb874ngxqiaqdcd4dfxpltzush78madf6auavgml5r0f.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_es58pidnDe_hd9mi1dflhq3xo2t91pnrqqxdcebtftvgktdmx5jj0l8p9sf2vl2cnispv7s.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

चार सय वर्ष पुरानो सिवालय ओझेलमा

प्रतिक्रिया