बेपत्ता बस र यात्रुहरूको खोजी कार्य जारी, सोनार डिभाइस प्रविधिको प्रयोग

काठमाडौँ- चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार पहिरोले बगाएको बस र यात्रुहरूको खोजी कार्य जारी राखिएको छ ।
खोजी कार्यलाई थप प्रभावकारी बनाउनका लागि उच्चस्तरको सोनार डिभाइस प्रविधि प्रयोग गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हलचोकबाट कुरिनटार लगिएको सो डिभाइसमार्फत खोजी कार्य गरिएको हो । उक्त प्रविधि २०० मिटर गहिराइसम्मको जुनसुकै वस्तु पनि पत्ता लगाउने खालको रहेको सशस्त्रले जनाएको छ । बसका यात्रु मध्ये केहीको शव दुर्घटना स्थलभन्दा निकै पर भेटिएको छ । भेटिएका शवहरूको आफन्तहरूलाई देखाउँदै सनाखत गरिएको छ ।
असार २८ गते बिहानको समयमा नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नम्बरको गणपति डिलक्स बस पहिरोसंगै त्रिशूली नदीमा खसेका थिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी जारी राखेका छन् ।

लिची धेरै खाए निम्तिन सक्छ स्वास्थ्य समस्या

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

प्रतिक्रिया