सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौँ - आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
सोमबार सुन तोलाको २ सयले बढेर एक लाख ४६ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।
यस अघि आइतबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ७ सय रहेको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १० रूपैयाँ बढेर तोलाको १८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

प्रतिक्रिया