स्पेनले जित्यो युरोकपको उपाधि

काठमाडौँ- स्पेनले युरोकपको उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङ्ल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए । विलियम्सले खेलको ४७औं मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए ।
त्यस्तै इङ्ल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३औं मिनेटमा गरेका थिए ।
योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरोकपको उपाधि जितेको छ । स्पेनले यस अघि सन् १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो ।
त्यस्तै इङ्ल्याण्ड भने लगातार दोस्रो पटक युरोकपको उपविजेता बनेको छ ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया