प्रधानमन्त्री प्रचण्डद्वारा बस दुर्घटनामा बेपत्ताको खोजी कार्यलाई तीव्रता दिन निर्देशन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको सिमलतालमा बस दुर्घटनापछि बेपत्ता भएका यात्रुको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । उनले आज तीनवटै सुरक्षा अङ्गका प्रमुखलाई आफ्नो निजी निवास खुमलटारमा बोलाएर उक्त निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले सो अवसरमा उनीहरूसँग दुर्घटनाको पछिल्लो अवस्थाबारे जानकारी लिनुका साथै सबै उपायको अवलम्बन गरी खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका थिए । सिमलताललगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्धारमा संलग्न सुरक्षाकर्मीलाई उनले धन्यवाद दिए ।
प्रधानमन्त्री दाहालले सो अवसरमा सिमलताललगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपत्तिका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे ।
राजनीतिक परिस्थिति जेजस्तो भए पनि देशको स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित तथा अविछिन्न रुपमा जनताको सेवामा लागि पर्न उहाँले आग्रह गरे ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

भिसा प्रकरण गम्भीर बिषय भएकाले छानबिन हुनुपर्छ : अध्यक्ष प्रचण्ड

‘सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ’

निलो रिबनले जनाउँछ मानव तस्करीविरूद्धको प्रतीक, रास्वपाले त्यहि गर्यो संसद्मा

आज प्रतिनिधिसभाको बैठक बस्दै

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

प्रतिक्रिया