अशान्ति र हिंसाबाट सत्ता प्राप्त गर्न सम्भव छैन : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अशान्ति र हिंसाबाट सत्ता प्राप्त गर्न सम्भव नभएको बताएकी छन् ।
जहरसिंह पौवा सामुदायिक वन उपभोक्ता समूह र मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौँको शंकरापुर–३ जरसिंह पौवामा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै भण्डारीले अहिले मुलुकका नागरिकहरू धेरै सचेत भइसकेको भन्दै अशान्ति र हिंसाको बाटोबाट सत्ता प्राप्त गर्न सम्भव नभएको बताएकी हुन् ।
जनआन्दोलन र सशस्त्र द्वन्द्वमा निकै फरक रहेको उनले बताइन् । उनले हिजो कम्युनिष्टहरूलाई आलोचना गर्दा सर्वसत्तावादी वा सशस्त्र संघर्षबाट मात्रै सत्ता जन्मिन्छ भन्ने अवस्थाको आज धेरै विकल्प आइसकेको धारणा राखिन् । जनमतबाट मात्रै सत्ता जन्मिने भएकाले जनतालाई विश्वास गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै पूर्वराष्ट्रपति भण्डारीले वनको दिगो विकासको अवधारणामा जानुपर्ने र वृक्षरोपण गरेपछि संरक्षणमा ध्यान दिन सुझाव दिइन् । वन क्षेत्रको विकासका साथै वातावरणलाई सन्तुलनमा राख्न वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको जहरसिंह पौवा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष फुर्वा लामाले बताए ।
सो अवसरमा विभिन्न जातका करिब डेढ सय बिरुवा रोपिएको थियो ।

भिजिट भिसा प्रकरणमा मन्त्री लेखकको नाम मुछिएपछि गृह मन्त्रालयले भन्यो- भ्रष्टाच…

मेरो कारणले कांग्रेसको शिर झुक्न दिन्न, भिजिट भिषामा संलग्नता पुष्टी भए राजनी…

गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु उपयुक्त हुन्छ : शेखर कोइराला

नेकपा (एस)को ताप्लेजुङ अध्यक्षमा लिम्बू

जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट

रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतको आदेश

अर्थमन्त्री पौडेलद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंक गभर्…

प्रतिक्रिया