कांग्रेस-एमालेबीचको सहमति लागू हुँदैन : डा. अमरेशकुमार सिंह

काठमाडौँ- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले कांग्रेस-एमालेबीचको सहमति लागू नहुने दाबी गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले अहिलेसम्म दलहरूबीच भएको सहमति कार्यान्वयन नभएको उदाहरण दिँदै यो सहमति पनि कार्यान्वयन नहुने दाबी गरेका हुन् ।
सांसद सिंहले अहिले देश तीन प्रमुख नेताले चलाइरहेको दाबी गर्दै अहिलेसम्मको देशको हालतका लागि उनीहरूले जिम्मेवारी पनि नलिएको बताए ।
सांसद सिंहले कुनै पनि दलमा लोकतन्त्र नभएको दाबी गर्दै उनले प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गर्न नसकेको विषयको खोजी गर्नुपर्ने बताए ।
सांसद सिंहले प्रधानमन्त्रीले राखेको विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया