रास्वपाले सरकारमा गएर सुशासनको शंखनाद गर्यो : रवि लामिछाने

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छानबिनको सुई आफ्नो घरतिर सोझिएपछि कांग्रेस-एमाले एक ठाउँमा आएको दाबी गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै रास्वपाका सभापति समेत रहेका लामिछानेले कांग्रेस-एमालेले मध्यरातमा गरेको सहमति राष्ट्रिय सहमति हुन नसक्ने बताएका छन् ।
लामिछानेले आफूहरूले अमूर्त सहमति हुनासाथ राजीनामा नदिएर जिम्मेवारी निभाएको दाबी गरे । उनले रास्वपाले सरकारमा गएर सुशासनको शंखनाद गरेको दाबी गर्दै सोही कारणले रातारात दुई ठूला दल एक ठाउँमा आएको बताए ।
लामिछानेले दुई दलबीचको सहमति लुकाइएकाले आफूहरूले त्यसलाई समर्थन गर्न नसकेको बताउँदै दुई दल ठूला दल एक ठाउँमा आउँदा शक्ति पृथकीकरणमा संकट आउन सक्नेमा आफूहरूको चिन्ता रहेको बताए ।
उनले आफूहरूले प्राप्त गरेको मत सरकारमा जाने मत नरहेको र प्रतिपक्षमा रहँदा खुसी नै रहेको र आफूहरूले गत वर्ष प्रतिपक्षको भूमिका राम्रोसँग निभाएको बताए ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया