आइटेल ब्राण्डको पी५५ स्मार्टफोन बजारमा

काठमाडौँ- मोबाइल व्यवसायमा चर्चित ब्राण्ड आइटेलले आफ्नो स्मार्टफोनको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ ।
नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो स्थापना दिवसका अवसर पारेर आइटेलले स्मार्टफोनको नयाँ मोडल पी५५ को बिहीबारबाट नेपाली बजारमा बिक्री सुरु गरेको हो । संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले बिहीबार आयोजित कार्यक्रममा सो मोडलका स्मार्ट फोन लन्च गरेका हुन् ।
सुवेदीले सो स्मार्ट फोन लन्च गर्दै सरकारले आगामी दशकलाई आइटी दशकका रूपमा मनाउने घोषणा गरेकाले मोबाइलको बढ्दो प्रयोगले आइटी दशकलाई प्रभावकारी बनाउने बताए ।
उनले समाज डिजिटल युगमा प्रवेश गरेको र मोबाइलबिना मानिस एक्लो हुने अवस्था सृजना भैसकेकाले सरकारको फोकस अहिले मोबाइल नेटवर्कका लागि `हाइ वे' कभरेजमा केन्द्रित रहेको बताए ।
`चाहे खोल्सी होस, डाँडा पाखा, जंगल सबै तिर सेवाको कभरेज हुनु पर्छ, सरकारको योजना हाइवेको कभरेजमा केन्द्रित छ,´ सुवेदीले भने । सुवेदीले मोबाइलको दोस्रो पटकको बिक्री (सेकेन्ड ह्यान्ड कारोबार) लाई समेत कार्यान्वयनमा अघि बढाउनु पर्ने बताए । त्यसले देशको पैसा देशमा नै रोक्न सहयोग पुग्ने उनको भनाइ छ ।
नयाँ लन्च भएको मोडल पी ५५ मोडलका दुई भेरियन्ट बजारमा उपलब्ध हुनेछन् । जसमा चार जीबी र्याम प्लस १ सय २८ जीवी रोम (चार प्लस आठ) र अर्को आठ जीवी र्याम प्लस १ सय २८ जीवी रोम (आठ प्लस सोह्र) क्षमता रहनेछ । ती फोनहरू ब्रिलियन्ट गोल्ड र अरोरा ब्लु कलरमा उपलब्ध हुनेछन् । जसको खुद्रा मूल्य क्रमश १२ हजार ४ सय ९० र १४ हजार नौ सय ९० तोकिएको छ ।
आइटेलका अनुसार ती स्मार्टफोनमा ५० मेगापिक्सलको क्यामेरा, ६ दशमलश ६ इन्चको एचडी प्लस डट डिस्प्ले, पाँच हजार एमएएच क्षमताको ब्याट्री तथा १८ वाट को फास्ट चार्जिङ क्षमता रहेको छ ।
ग्राहकको उचित मूल्यमा गुणस्तरीय स्मार्टफोनको लक्ष्य पूरा गर्नका लागि आइटेलले सो मोडललाई नेपाली बजारमा ल्याएको महालक्ष्मी मोबाइलका कार्यकारी अधिकृत सन्तोष भण्डारीले जानकारी दिए ।
उनले ग्राहकको सुविधालाई ध्यानमा राख्दै आइटेलले यी मोडलमा १२ महिनाको वारेन्टी तथा एक सय दिनको रिप्लेसमेन्ट ग्यारेन्टी उपलब्ध गराइने बताए । सो सुविधा देशभरका ५० सर्भिस सेन्टरबाट लिन सकिने उनको भनाइ छ । सो आइटेल ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता महालक्ष्मी मोबाइल रहने छ ।
व्यवसायीलाई १० प्रतिशत मार्जिन
आइटेलले मोबाइल व्यवसायमा आबद्ध खुद्रा व्यवसायीलाई आइटेलका कुनै पनि ब्राण्डमा १० प्रतिशत मार्जिन दिने गरी सम्झौता गरेको छ । नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई र आइटेलका लागि नेपालको बिक्रेता महालक्ष्मी मोबाइलका कार्यकारी अधिकृत सन्तोष भण्डारीले मार्जिनसम्बन्धी लिखित रूपमा नै दुई पक्षीय सम्झौता गरेका हुन् । भण्डारीले अबदेखि आइटेलका कुनै पनि मोडलका सेटमा व्यवसायीलाई १० प्रतिशत मार्जिन उपलब्ध गराउने बताए ।
मोबाइल व्यवसायी महासंघका अध्यक्ष भट्टराईले व्यवसायीको मार्जिन बढ्दा त्यसबाट ग्राहकलाई भार नपार्ने गरि सम्झौता भएको बताए ।

एप्पलले चीनबाट उत्पादन बन्द गर्ने, अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ 'मेड …

पकेटमा रकेट : रेडमी ए५ नेपालमा सार्वजनिक, के-के छ विशेषता ?

म्याकडोडो ब्रान्डका पाँच नयाँ प्रोडक्टहरू सार्वजनिक, कति पर्छ मूल्य ?

शाओमी १५ अल्ट्रा भव्य रूपमा नेपालमा सार्वजनिक

अन्तर्राष्ट्रियस्तरको स्किन तथा हेयर ट्रिटमन्ट डिभाइस 'भिभाची' को केकी र रेखाद्वा…

एलजीको नि:शुल्क ए.सी. सर्भिस र एक्स्चेन्ज क्याम्प

दराजको ३.३ मार्च म्याडनेस क्याम्पेन, किनमेलमा उल्लेख्य बचत गर्ने अवसर

प्रतिक्रिया