तोलामा कतिले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्य तोलामा ८ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ सय रूपैयाँले बढेर १ लाख ४४ हजार ९ सय रुपैयाँ कायम भएको हो।
यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४४ हजार २ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि, बुधबार छापावाल सुन १ लाख ४४ हजार १ सय रुपैयाँ कायम रहेको थियो।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४३ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो। बिहीबार चाँदीको भाउ भने प्रतितोला १५ रूपैयाँले बढेर १८ सय ८५ रुपैयाँ कायम भएको छ ।
बुधबार चाँदीको भाउ प्रतितोला १८ सय ७० रुपैयाँ कायम कायम रहेको थियो ।

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

प्रतिक्रिया