असार ३० देखि ललित स्मृति एन्फा यु–१८ युथ लिग आयोजना हुने

काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा यहि असार ३० देखि ललित स्मृति एन्फा यु–१८ युथ लिग आयोजना हुने भएको छ ।
एन्फाले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा यु–१८ युथ लिग आयोजना गरिएको जानकारी दिएको हो । लिगमा एपीएफ फुटवल क्लब, चर्च व्याइज फुटबल क्लब, एफसी खुमलटार, मछिन्द्र क्लब, मनाङ मस्र्याङ्दी क्लब, जावलाखेल युथ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, संकटा क्लब, सातदोबाटो युथ क्लब, श्री स्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब गरि १२ क्लव सहभागी हुने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
खेल डबल राउन्ड रोविनका आधारमा हुने उनले बताए । उनले एन्फाले खेलको तयारी खर्च स्वरुप ३ लाख ५० हजार रुपैयाँ हरेक सहभागी क्लबहरुलाई उपलब्ध गराउने जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ, उपविजेता टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई समान १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने प्रवक्ता शाहले बताए ।
प्रतियोगिताको अनुमानित खर्च ८१ लाख ९१ हजार रुपैया रहेको र प्रतियोगीता फिफाको ट्यालेन्ट डेभलवमेन्ट स्कीम परियोजना अन्तर्गत सम्पन्न गर्न लागेको एन्फाले जनाएको छ ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया