कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ ।
हाल देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। । कोशी, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

प्रतिक्रिया