समृद्धिका लागि दलहरूबीच साझा दृष्टिकोण आवश्यक : खिलराज रेग्मी
काठमाडौँ- मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकको विकास र आर्थिक समृद्धिका लागि सबै राजनीतिक दलहरूबीच साझा दृष्टिकोण आवश्यक भएको बताएका छन् ।
अमेरिका निवासी सानुबाबु सिलवालद्वारा लिखित ‘सपना र यथार्थमा अमेरिका’ नामक कृतिको विमोचन गर्दै उनले दिगो विकाससहित राष्ट्र निर्माणमा सबै राजनीतिक दल जिम्मेवारीताका साथ लाग्नुपर्नेमा जोड दिए ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले राष्ट्र निर्माणका लागि चैतन्य विवेक, सकारात्मक सोच र रचनात्मक कार्यका लागि शिक्षाप्रणालीलाई समयसापेक्ष बनाएर लैजानुपर्ने अपरिहार्यता रहेको बताए ।
उनले अमेरिकामा सपना साकार पार्न सङ्घर्ष, सफलता र उत्प्रेरणाको गाथा बोकेको पुस्तक समेटिएको पुस्तक ‘सपना र यथार्थमा अमेरिका’ पठनीय र सङ्ग्रहनीय भएको बताए । उनले अमेरिकालाई जुन दृष्टिकोणबाट हेरिए पनि विधिको शासन, मूल्य प्रणालीको अवसर देश भएको भन्दै त्यहाँको समुन्नत र समृद्ध विकासलाई नेपालले आत्मसात् गर्न सक्नुपर्ने उनले बताए ।
पूर्वराजदूत प्रा.डा जयराज आचार्यले ‘सपना र यथार्थमा अमेरिका’ अत्यन्तै उपयोगी र सूचनामूलक भएको बताए । प्राडा सुरेन्द्र केसीले मुलुक निर्माणमा चेतनशील आम युवाहरू सक्रिय हुन जरुरी रहेको भन्दै विमोचित कृतिले अमेरिकी जीवनको वास्तविकता, अवसर र सङ्घर्षलाई समेटेको बताए ।
राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले अमेरिका पुग्ने युवाको मोह, सङ्घर्ष र सफलताका तमाम विषयलाई पुस्तकले उल्लेख गरेको बताए । वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले सबै नेपाली युवाले पढ्नैपर्ने उपयोगी पुस्तक बजारमा आएको बताए ।
वरिष्ठ पत्रकार तारा बरालले अमेरिकी समाज, आप्रवासीका समस्या, विधिको शासन, विकास र प्रविधि, रोजगारीको अवसरलगायत विषयलाई पुस्तकले समेटेको बताए । पुस्तकका लेखक सिलवालले प्रवासी जीवनका सङ्घर्ष र सफलताका कथालाई पुस्तकमा उजागर गरेको बताए ।

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

प्रतिक्रिया