उपत्यकाका सडकमा ह्वात्तै बढे सवारी साधान

काठमाडौँ : कोभिड-१९ भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएसँगै सडकमा सवारीको चाप बढेको छ । निषेधाज्ञालाई केही खुकुलो बनाएपछि जनजीवन केही सहज भएको छ भने सडकमा उपत्यकामा सवारी साधानको संख्या पनि अत्याधिक बढेको हो ।
पछिल्लो समय असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको थियो । त्यसपछि असार १४ गतेसम्म बिभिन्न क्षेत्र र निजी सवारीसाधानलाई खुलाउने निर्णय प्रशासनले गरेको छ । सोमबार निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ८ सय ६१ ओटा सवारी साधनलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ६ सय ५७ ओटा दुई पाङग्रे, १३८ ओटा चार पाङ्ग्रे, ३५ ओटा ट्याक्सी र ३१ ओटा ठुला सवारी साधन रहेको ट्राफिक महाशाखाले जनाएको छ ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया