निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ रोकियो

काठमाडौँ - निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ केही दिनका लागि रोकिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिले उजुरी कर्तासँग छलफल गरेपछि सुनुवाइका लागि थप समय लिने निर्णय गरेको समिति सभापति पशुपतिशमशेर जबराले जानकारी दिए ।
प्रधानविरुद्ध चार वटा उजुरी परेकोमा समितिले बिहीबार उजुरीकर्तासँग छलफल गरेको थियो । उजुरीकर्ताको आग्रहमा गोपनीयता कायम गरी गरिएको छलफलका क्रममा गम्भीर विषयहरू उठेकाले त्यसमा अध्ययन गर्न थप समय लिने र त्यसपछिमात्रै सुनुवाइ गर्ने सभापति जबराले बताए ।
प्रधानविरुद्ध यौन दुर्व्यवहार लगायतका उजुरी परेका छन् । संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया