९ वटा गाई बाच्छोसहित रौतहटमा एक जना पक्राउ

रौतहट- रौतहटस्थित प्रहरी गस्ती टोलीले तस्करी मार्फत जिल्लाबाट भारततर्फ लागिरहेको ९ थान गाई, बाच्छोसहित एक जना तस्करलाई पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको गस्ती टोलीले माधव नारायण नगरपालिका-१ दिपहीबाट अबैध रुपमा गाई र बाछो भारततर्फ लैजाँदै गरेको अवस्थामा देवाहीगोनाही नगरपालिका-२ करुनिया टोलका तस्कर शेख हसिमको छोरा वर्ष १८ को शेख आबिद आलमलाई पक्राउ गरेको हो ।
गाई ८ वटा र बाछो १ वटासहित पक्राउ परेका आबिद आलमलाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा दाखिला गरिएको र मुख्य तस्कर गाई धनी फरार रहेकाले निजको खोज तलास भई रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् । पछिल्लो समय रौतहट प्रहरी एउटा अभियानको रुपमा तस्करी नियन्त्रण गर्न लागिरहेको स्थानीयहरूले बताएका छन् ।

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण

दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश

नेपाल-भारत सुरक्षा अधिकारीको बैठक : अपराध नियन्त्रणमा शून्य सहनशीलताको सहमति

मधेस प्रदेशका सांसद कुशवाहा निलम्बित

वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते

रौतहटमा लुटपाटमा संलग्न लुटेरा पक्राउ, भागेकाको खोजीकार्य जारी

कवीर दिवसमा १५ जोडीको दाइजोमुक्त विवाह

प्रतिक्रिया