गृहमन्त्री लामिछानेविरुद्धको रिट आज पनि 'हेर्दाहेर्दै' मा
काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिट आज पनि 'हेर्दाहेर्दै' मा राखिएको छ ।
लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
यो रिटमा न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले आज पनि सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखेको छ ।
रिटमा कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानुनी वैधतामाथि पनि प्रश्न उठाउँदै महान्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ ।

नेपाललाई भारतको जवाफ- लिपुलेक नेपालले कृत्रिम रूपमा गरेको दाबी हो, प्रमाण …

आज विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय उद्घाटन गर्दै

समाजलाई अगाडि बढाउन महिलाकोे विशेष भूमिका : उपप्रधानमन्त्री सिंह

महिलाकै सङ्घर्षले वर्तमान उपलब्धि हाँसिल भएको होः परराष्ट्रमन्त्री देउवा

संघीय सरकारले उत्कृष्ट नतिजा ल्याउने ६ स्थानीय तहलाई सम्मान गर्ने

प्रतिनिधिसभाको बैठक बस्दै

माओवादीद्वारा सरकारको आलोचना

प्रतिक्रिया