दीपकराज गिरीको रास्वपा लक्षित टिप्पणी- ठूला माछा समाउँदै थियौँ, रातारात सरकार परिवर्तन भयो

काठमाडौं - अभिनेता दीपकराज गिरिले सत्ता समीकरण परिवर्तन भएपछि रास्वपा लक्षित व्यङ्ग्य गरेका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमा टिप्पणी गर्दै अभिनेता गिरीले अब ठूला माछा समाउँदै थियौ, रातारात देशी विदेशी शक्तिको ग्राइन्ड डिजाइनमा सरकार परिवर्तन गरियो भन्ने सुन्नु पर्ने बताएका हुन् ।
उनले भनेका छन्- 'नतिजा आउँदै थियो ! ठूला माछा समाउँदै थियौ ! त्यो थाहा पाएर रातारात देशी विदेशी शक्तिको ग्राइन्ड डिजाइनमा सरकार परिवर्तन गरियो । अब सुन्नु पर्ने कुरा !'
रास्वपा सरकारमा गएर ठोस काम गर्न नसकेको र परिणाम दिन नसकेको भन्दै यसअघि रास्वपाका समर्थक रहेका कैयौं कलाकार र स्वतन्त्र व्यक्तिहरूले अहिले आलोचना गरिरहेका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया