आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

ठूला दलहरुबीचको छलफललाई सकारात्मक रुपमा लिनुपर्छ : सांसद गिरी

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका सांसद दीपक गिरीले ठूला दलहरुबीचको छलफललाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै गिरीले निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका महत्वपूर्ण बिषयमा संविधान संशोधन गर्न जरुरी रहेको भन्दै यसका लागि ठूला दलहरुबीच भएको छलफललाई सकारात्मक रुपमा लिनुपर्ने बताएका हुन् । 

एमाले र कांग्रेसबीचको सहकार्यको माध्यमबाट देशमा देखिएको निरासा र वेथितिको अन्त्य हुने भन्दै उनले यसका लागि छलफल सुरु भएको जिकिर गरे । दुई दलबीचको छलफलले नयाँ आशाको सञ्चार जागृत भएको उनको भनाइ छ ।

उनले सामूदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरु तुलनात्मक रुपमा कमजोर देखिएको भन्दै समग्र शैक्षिक क्षेत्रको सुधारमा ध्यान दिनुपर्ने बताए ।