राजीनामा दिने तयारीमा मुख्य सचिव अर्याल

काठमाडौँ- मुख्य सचिव डा. बैकुण्ठ अर्यालले राजीनामाको तयारी गरेका छन् ।
टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने भएपछि उनले राजीनामाको तयारी गरेका हुन् ।
शुक्रबार अख्तियारले टेरामक्स र सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा हाल्ने निर्णय गरेको थियो भने आज सो मुद्दा दायर गर्न अख्तियारको टोली विशेष अदालत पुगेको छ ।
आफूविरुद्ध मुद्दा दायर हुने भएपछि मुख्य सचिव अर्यालले राजीनामासहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेको बुझिएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले अर्याललाई आफ्नो स्वविवेकमा निर्णय गर्न भनेका थिए ।
अर्याल सञ्चार सचिव हुँदा भएका यी प्रकरणमा अख्तियारले अनुसन्धानपछि डेढ अर्बभन्दा बढीको भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।
र, यो पनि
बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्ने अख्तियारको तयारी

नेपाललाई भारतको जवाफ- लिपुलेक नेपालले कृत्रिम रूपमा गरेको दाबी हो, प्रमाण …

आज विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय उद्घाटन गर्दै

समाजलाई अगाडि बढाउन महिलाकोे विशेष भूमिका : उपप्रधानमन्त्री सिंह

महिलाकै सङ्घर्षले वर्तमान उपलब्धि हाँसिल भएको होः परराष्ट्रमन्त्री देउवा

संघीय सरकारले उत्कृष्ट नतिजा ल्याउने ६ स्थानीय तहलाई सम्मान गर्ने

प्रतिनिधिसभाको बैठक बस्दै

माओवादीद्वारा सरकारको आलोचना

प्रतिक्रिया