शान भुषालको ‘मायाको धुन’ बजारमा
काठमाडौँ - असार ७ गते गायक शान भुषालको नयाँ गीत मायाको धुन सार्वजनिक भएको छ । पार्टी लभरलक्षित यो गीतमा गायिका रितिका श्रेष्ठको शब्द रहेको छ भने संगीत गायक भुषाल स्वयमको छ ।
गीतको उत्पादक अल्मोडा राना उप्रेतीको रहेको छ । गीतमा प्रदिप लामा र केविका कार्कीको अभिनय रहेको छ । गायक भुषालकाअनुसार दोलालघाट र नगरकोटमा गीतको छायांकन गरिएको भिडियोको निर्देशन प्रदिप लामाले गरेका छन् ।
अमेरिकाको डालस स्थित गुन्जन स्टुडियोमा गीतको रेकर्डिङ गरिएको हो । अर्घाखाँचीका गायक भुषाल हाल अमेरिकामा छन् । गीतको मास्टरिङ मिक्सिङ भारतमा गरिएको हो । करिब २ दशक शास्त्रीय संगीतमा साधनारत गायक भुषालका २ दर्जन बढी गीतहरू रेकर्ड भइसकेका छन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया