तीन महिनाभित्रै ई-पासपोर्ट जारी हुने !
ई-पासपोर्टको डिजाइनले अन्तिम रूप पाउँदै, अब ३४ र ६६ पृष्ठको पासपोर्ट

काठमाडौँ : राहदानी विभागले आगामी तीन महिनाभित्र ई-पासपोर्ट जारी गर्ने तयारी गरिरहेको छ । ई-पासपोर्टको डिजाइन यही महिनाको अन्तिम सातासम्ममा पूर्ण हुनेछ । विभागले सबै तयारी अघि बढाएको छ । कोभिडका कारण मेसिन आपूर्तिमा ढिलो नभए भदौको अन्तिम सातादेखि ई-पासपोर्ट जारी हुने विभागको दाबी छ ।
राहादानी विभागका अनुसार पासपोर्टको बुकलेट तयार भइसकेकाले यसलाई अन्तिम रूप दिने काम भइरहेको छ । पासपोर्टको डिजाइन तयार भएपछि मेसिन त्यहीँ अनुसार बनाइने विभागका प्रवक्ता राजेन्द्र पाण्डेले जानकारी दिए । 'पासपोर्टका लागि कम्पनीले काम गरिरहेको छ, हामी नियमित भर्चुअल छलफलमा छौ,' उनले भने,' सम्वभतः यही महिनाको अन्तिम सम्ममा पासपोर्टको सबै डिजाइन फाइनल गर्नेछौ ।'
तत्काल सेवाग्राहीलाई तीन वर्षका लागि पुग्ने पासपोर्ट बनाएर वितरण गरिने पाण्डेले बताए । तीन वर्ष पछाडि नयाँ प्रक्रिया यही प्रकारको ई-पासपोर्ट बनाउन सकिने उनले बताए । अर्को कम्पनीबाट बनाउन हाेस या नेपाल भित्रै सुरक्षा प्रेस राखेर होस काम त्यो नयाँ ढाँचामा जान सकिन्छ । 'सरकारले आफ्नै प्रेस सेक्युरिटी बनाएर पनि निर्माण गर्न सक्छ वा अन्य गृहकार्य पनि गर्नुपर्ने हुन्छ,' उनले भने ।
आइडेमिया आइडेन्टिटी एन्ड सेक्युरिटी फ्रान्सेली कम्पनीले २ करोड ११ लाख अमेरिकी डलर बराबरको ठेक्का पाएको थियो । करिब साढे २ अर्ब रुपैयाँ बराबर लागतमा निर्माण गर्न लागिएको ई-पासपोर्ट कुनै बाध्यकारी नियम भने होइन ।अन्तर्राष्ट्रिय नागरिक उड्डयान संगठन (आईकाओ) ले २०३० सम्ममा संसारभर पर्यटकको संख्या वृद्धि हुने अनुमान गरेको र ई-पासपोर्ट सहज हुने बताएको थियो ।
ई-पासपाेर्ट दुइ थरी हुने
प्रवक्ता पाण्डेले ई-पासपोर्ट दुई प्रकारको हुने बताए । उनका अनुसार एक खाले अहिलेको जस्तै ३४ पृष्ठकै हुने छ भने अर्को ६६ पृष्ठको हुनेछ । कम यात्रा गर्नेले अहिलेको जस्तै पातलो र बढी ट्राभल गर्नेले बढी पृष्ठको पासपोर्ट लिन सक्नेछ । ३४ पेजको पासपोर्टको अहिले कायम राजश्व लाग्नेछ भने ६६ पृष्ठको पासपोर्टको लागि झण्डै दोब्बर मूल्य तोक्ने तयारी विभागको रहेको उनले बताए ।
अहिले एमआरपी हुनेले तत्काल ई-पासपोर्ट बनाउन पर्दैन । पृष्ठ सकिएको र म्याद सकिएकाले अर्काे लिँदा हुन्छ । वार्षिक साढे ६ लाख पासपोर्ट जारी हुने हुनाले त्यही आधारमा तीन वर्षका लागि २० लाख सेवाग्राहीलाई पुग्नेगरी पासपोर्ट बनाउन टेण्डर गरेको हो ।
अनलाइनबाटै आवेदन
आइकाओको प्रावधान अनुसार एकै ठाउँबाट सुरक्षितसाथ वितरण गरिने व्यवस्था मिलाउन सरकारले ई-पासपोर्टको अवधारणा अघि बढाएको हो । ई-पासपोर्ट साथमा भए विमानस्थलको ई-गेटबाट सहजै प्रवेश पाउने छन् । तर सबै विमास्थलमा यस्ता गेट राखिएको छैन । पासपोर्टमा भएको डाटा, अनुहार र आँखा मिल्नासाथ विमानस्थलबाट पर्यटकले प्रवेश पाउन सक्नेछ।
'पासपोर्टमा जीपीआरएस सेट गरिँदैन । नागरिकको स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने अधिकारलाई विभागले नियमन गर्दैन,' प्रवक्ता पाण्डे भन्छन, 'पासपोर्टमा भएको सानो चिप्समा नागरिकको सम्पूर्ण विवरण हुन्छ ।' यसले गर्दा पासपोर्ट निकै जतन र सुरक्षित गरेर राख्नुपर्छ ।
राहदानीवाहकको नम्बर हान्नेवित्तिकै सम्पूर्ण विवरण प्राप्त गर्न सकिनेछ । ई-पासपोर्टको दुरुपयोग हुन नसक्ने उनको भनाइ छ । विगतमा एक व्यक्तिको पासपोर्ट अन्य व्यक्तिले प्रयोग गरी भ्रमण निस्कने गरेकोमा ई-पासपोर्टले त्यस्ता कार्यलाई निरुत्साहन गर्ने उनको विश्वास छ । हुनत, एमआरपीमा पनि त्यो सम्भव छैन् । तर पासपोर्टको बेसिक डकुमेन्ट नै फेक बनाएर ल्याउँदा त्याे सबै सुरक्षा यहाँ भनेजस्तो रहँदैन ।
विदेशस्थित विभिन्न कूटनीतिक नियोगबाट ई-पासपोर्टबाट अहिले जस्तै आवेदन दिन सकिने उनले जानकारी दिए । एमआरपी पासपोर्ट लिन कागजपत्र पेस गरेर पठाउनुपर्थ्यो भने यसका लागि सम्पूर्ण कागजपत्र इन्टरनेटबाट आउनेछ ।
के हो ई-पासपोर्ट ?
संसारका एक सय बढी मुलुकले यो पासपोर्ट प्रयोगमा ल्याइसकेका छन् । नेपालले हातले लेखेको पासपोर्टलाई नेपालले ११ वर्ष अघि मेसिन रिडेबल पासपोर्टले विस्थापित गरेको थियो । त्यतीबेलै सरकार ई-पासपोर्टमा जान सक्ने भए पनि चरणबद्ध रूपमा अघि बढेर राज्यलाई दोहोरो मारमा पार्ने काम भयो । एमआरपीको लाइभ इनरोलमेन्ट (प्रत्यक्ष उपस्थित भएर विवरण दिने) नै राम्रो प्रयोगमा आउन सकेको छैन ।
यसका लागि अनिवार्य लाइभ इनरोलमेन्ट आवश्यक पर्छ । यो एमआरपी भन्दा एक तह माथी अर्थात यसमा चिप्स हुन्छ । चिप्समा नागरिकको सम्पूर्ण विवरण राखिएको हुन्छ । आँखा,फिंगर प्रिन्टको विवरण समावेश गरिएको हुन्छ । जुन कार्य एमआरपीमा पनि थियो । त्यो बारकाेडमा थियो यसमा चिप्ससहित हुन्छ । अनलाइनबाट आवेदन दिए पनि भर्चुअल वा प्रत्यक्ष विवरण यसमा राख्न पर्ने हुन्छ । त्यसको प्रभावकारीताको आधारमा यो कति सुरक्षित छ स्पष्ट हुने एक अधिकारीले बताए ।

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_mSNeJLyoLx_nngu0pn5jrj8t52rdpnsjxyqbhxmfhritdiqfugdxgtkm0ruvei1dkaftmfw.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_9yKWOZRkKB_qdyeicsrztpwy1fkcqfzwzmurj6s74phfnidtxc0t9evzhkgu9hwknnyah7n.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

प्रतिक्रिया