मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री प्रचण्ड

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताएका छन् ।

विश्व योग दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे ।

योग शारीरिक अभ्यासमात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्‍याउने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

“शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग हो”, प्रधानमन्त्रीले भने, “नियमित योगाभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्यक्षमताका साथै रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि, व्यक्तिमा सकारात्मक सोचको विकास, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्त हुनेजस्ता गुणको विकास हुन्छ ।” 

तनावमुक्त शान्त मन र रोगमुक्त स्वस्थ शरीर विकासमा योगको महत्त्वपूर्ण भूमिका रहने बताउँदै प्रधानमन्त्रीले योग र ध्यानका अभ्यासहरूबाट नसर्ने रोगहरूको रोकथाम, उपचार र पुनःस्थापनाका लागि महत्त्वपूर्ण योगदान पुग्ने विचार व्यक्त गरे । 

“नेपाल योग पर्यटनका निम्ति अत्यन्त सम्भावनायुक्त देश हो”, प्रधानमन्त्री दाहालले भने, “तसर्थ, हामीले योगको विश्वव्यापीकरणमा जोड दिनुपर्दछ । यस दिशामा योजनाबद्ध पहल लिन योगका अभियन्ताहरू र योग गुरूहरूमा म हार्दिक अपिल गर्दछु ।”

योग नेपालको आम जीवनपद्धति एवं अमूल्य निधि भएको बताउँदै प्रधानमन्त्री दाहालले प्रस्तावित योगमाया आयुर्वेद विश्वविद्यालय भविष्यमा विश्वस्तरीय विश्वविद्यालयका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । रासस

एमआइटीका वैज्ञानिक अनुसन्धानकर्ता शेर्पाले प्रधानमन्त्रीलाई भेटेपछि...

एमआइटीका वैज्ञानिक अनुसन्धानकर्ता शेर्पाले प्रधानमन्त्रीलाई भेटेपछि...

प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

बजेटका कारण कांग्रेस र एमालेबीचको सहकार्यमा असर पर्दैनः अर्थमन्त्री पौडेल

बजेटका कारण कांग्रेस र एमालेबीचको सहकार्यमा असर पर्दैनः अर्थमन्त्री पौडेल

‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन ऊर्जामन्त्रीको निर्देशन

‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन ऊर्जामन्त्रीको निर्देशन

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी बृद्धि गर्ने सरकारको नीतिः मन्त्री भण्डारी

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी बृद्धि गर्ने सरकारको नीतिः मन्त्री भण्…

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा ८८ अर्ब बढी

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा ८८ अर्ब बढी

बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरुः मन्त्री खड्का

बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरुः मन्त्री खड्का