गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दाको सुनुवाइ आज
काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्धको मुद्दाको सुनुवाइका लागि आज पेशी तोकिँदै छ । गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दाको सुनुवाइका लागि आज पेशी तोकिन लागेको हो ।
अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका उक्त मुद्दा यसअघि हेर्न नमिल्ने न्यायाधीशको पेशी पर्दै सरेको थियो ।
सहकारी ठगी प्रकरणमा महान्यायाधीवक्ता कार्यालय गृहमन्त्री लामिछानेलाई क्लिनचिट देखिने गरी कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि उक्त माग बोकेर रिट निवेदन लिएर अधिवक्ता भट्टराई सर्वोच्च पुगेका थिए ।
सुरूमा उक्त रिट दरपिठ नभए पनि न्यायाधीश टेकनारायण ढुंगानाको इजलासले दर्ता गर्न आदेश गरेपछि पुन: दर्ता भएको थियो ।
सर्वोच्चले रिट खारेज वा अन्तरिम आदेश जारी गर्न सक्छ । रिट खारेज भएमा गृहमन्त्री लामिछानेले तत्कालका लागि सफाइ पाउँछन् । तर अन्तरिम आदेश जारी गर्यो भने उनको मन्त्री पद धरापमा पर्नेछ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया