‘मायाका रंगहरु’ मा अभिनेता मनिषको इन्ट्री

काठमाडौँ - केवल तामाङको निर्देशनमा बन्न लागेको फिल्म ‘मायाका रंगहरु’ मा ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउतको इन्ट्री भएको छ । पल शाहको मुख्य भूमिका रहने यस फिल्ममा मनिष भिलेनको भूमिकामा रहने बताइएको छ ।
‘प्रेमगीत ३’मा पनि उनी नकारात्मक भूमिकामा नै थिए । यो उनको डेब्यु फिल्म थियो । फिल्ममा अभिनेता पल शाहसहित सुनिल थापा, पदम तामाङ, बुद्धि तामाङ जस्ता कलाकारहरूको टुंगो लागि सकेको छ भने अभिनेत्रीको टुंगो भने अझै लागेको छैन ।
त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको फिल्मको निर्माता आरबी थाङ्देन हुन् भने सह-निर्मातामा जनिश न्यौपाने र दीपेन्द्र चिलवाल छन् । पुनम तामाङको प्रस्तुति रहेको फिल्मको कथा शेखर ज्ञवालीले लेखेका छन् भने सौरभ लामाको छायांकन, तारा प्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत तथा रामजी लामिछाने, सुष्मा सोनम र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया