कवाडी व्यवसायीमाथि प्रहरीले अनाहकमा धरपकड गर्यो- प्रभु शाह

काठमाडौं - आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले कवाडी व्यवसायीहरूको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले धरपकड गरेकोप्रति आपत्ति जनाएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै कवाडी व्यवसायीको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने संवैधानिक हकमाथि प्रहार भएको बताउँदै कानुनको अधीनमा रही सम्मान पूर्वक व्यापार व्यवसाय गर्न पाउने सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।
उनले सम्मानित अदालतको आदेशसमेत अवज्ञा गरी टहराहरूमा काठमाडौं महानगरपालिकाले डोजर आतंक मच्चाएको आरोप लगाउँदै कवाडी व्यवसायीमाथि प्रहरीले बिना कारण प्रहार गरेको बताए ।
उनले भने- ‘हिजो कवाड व्यवसायीहरूको शान्तिपूर्ण जुलुसमाथि प्रहरीले निर्मम प्रहार गरेको छ । झण्डै ५० जना जति, एक दर्जन त गम्भीर घाइते छन् । टाउको फुटेको छ, उनीहरू वीर अस्पतालमा भर्ना भएका छन् । यसरी संवैधानिक हक देशको राजधानीमा उल्लंघन भइराख्दा गृहमन्त्रीको जवाफ चाहन्छु । शान्तिपूर्ण जुलुसमा किन लाठी प्रहार गर्नुभयो ? त्यसमा संलग्न प्रहरीमाथि कारबाही होस् । सम्मानित अदालतको आदेश विपरीत काठमाडौं महानगरपालिकाले डोजर आतंक गरेको छ ।'

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया