नयाँ ‘गडफादर ३’ हेरेर दंग किटन

३० वर्ष अघि ‘गडफादर’को तेस्रो भाग रिलिज हुँदा फिल्म समीक्षक मात्र होइन फिल्मका कलाकार पनि निराश भएका थिए । यसरी निराश हुनेमा फिल्मकी अभिनेत्री डायन किटन पनि थिइन् । उसबेला फिल्म हेर्दा किटनलाई पनि केकसो नमिलेको जस्तो लागेको थियो । तर, लामो समयपछि निर्देशक फ्रान्सिस फोर्ड कपोलाले फिल्मलाई पुनः सम्पादन गरे ।
संगीत तलमाथि गरे र फिल्मको सुरुवात तथा अन्त्य पनि यताउता पारे । यसरी भर्खरै मात्र तयार भएको फिल्म केही दिन अघि कपोलाले कलाकारलाई देखाए । यसरी हेर्न पाउने भाग्यमानीमा किटन पनि थिइन् । उनले फिल्म हेर्दाको क्षण आफ्नो जिन्दगीको सबैभन्दा सुन्दर क्षण भएको बताएकी छिन् । ‘मेरा लागि यो सपना पूरा भए जस्तै भयो । मलाई अर्कै फिल्म हेरे जस्तो लाग्यो । पहिला हेर्दा हामीले बनाउन खोजेको फिल्म यस्तै हो र ? भने जस्तो थियो । समीक्षा पनि गतिलो आएको थिएन । कपोलाले फिल्ममा फेरि काम गरे र मलाई विश्वास गर्नुस् कपोलाको मेहनतले काम गरेको छ ’किटनले भनेकी छिन् ।
उसबेला अल पेचिनोको छोरीको रुपमा सोफिया कपोलाले अभिनय गरेकी थिइन् र समीक्षकले सबैभन्दा धेरै गाली उनैलाई गरेका थिए । फ्रान्सिस फोर्ड कपोलाकी छोरी भएकै कारण मात्र उनले फिल्ममा मौका पाएको र फिल्ममा उनको अभिनय कच्चा रहेको समीक्षकको निष्कर्ष थियो । तर, किटनले नयाँ भर्जनमा सोफियाको कामको पनि तारिफ हुने अपेक्षा व्यक्त गरेकी छिन् । प्रदर्शनको ३० वर्ष पुगेको उपलक्ष्यमा फिल्म फेरि डिसेम्बर ४ बाट सिनेमा हलमा लाग्दैछ ।

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_hewOMpbSPw_u02gpyzrvwxggwctz35vetlbe7wp0i8wfaqdssxjaecycf7rkxhnbhmhil6a.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

प्रतिक्रिया