सर्लाहीमा टिपरको ठक्करबाट सञ्चारकर्मी महतोको निधन

जनकपुरधाम : सर्लाहीमा टिपरको ठक्करबाट एक सञ्चारकर्मीको मृत्यु भएको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका ८ वसन्तपुर मुखिया चौकमा अपराह्न ४ बजे हरिपूर्वातिर जाँदै गरेको टिपरले विपरीत दिशातिर आउँदै गरेको ज ७ प ९०४२ नम्बर को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जुनतारा एफएममा कार्यरत संचारकर्मी अर्जुन कुशवाह महतोको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको मृत्युपछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका छन् । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया